जलमग्न मधेश, हजारौं घरपरिवार विस्थापित

काठमाडौं, २८ साउन । केही दिनदेखि लगातार भइरहेको भीषण वर्षाका कारण तराई–मधेश जलमग्न भएको छ । हजारौं घरपरिवार विस्थापित भएका छन् भने हजारौं घरपरिवार बाढीको त्रासमा छन् ।

मनसुनको सुरूदेखि नै मधेश जलमग्न हुँदै आएको छ । वर्सेनी मधेशमा बाढीका कारण जनधनको क्षति हुँदा पनि राज्यले त्यसबाट बच्न कुनै किसिमको पूर्वतयारी गरेको छैन ।

यसवर्ष पनि बाढीका कारण मधेशीको जनधनको क्षति भएको छ । वर्सेनी मधेशमा बाढीपहिरोबाट लाखौं करोडौंको धनजन क्षति हुने गरेको छ । मधेशबाट कर र मत लिने सरकार र सरोकारवाल निकायको बेवास्ताका कारण बाढीपहिरोबाट मधेशमा वर्सेनी धनजनको क्षति हुने गरेको तथ्यांक ।

बाढी पहिरोमा परी इटहरीमा ६ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । सप्तरीको हजारो घरपरिवार घर विहिन भएका छन् । अझ पनि मधेशका विभिन्न जिल्लामा बाढी आउने प्रवल सम्भावना रहेको छ ।

बाढी पहिरोबाट कसरी जोगाउने भन्नेतिर राज्यको कुनै चासो र चिन्ताको विषय बन्न सकेको छैन । मनसुनको सुरूवातसँगै जलमग्न भएको मधेशबारे सरकारको कुनै पूर्वतयारी देखिदैँन ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com