सुनसरी : पानीमा डुबेको अवस्थामा सात जनाको शव फेला

सुनसरी, २८ साउन । इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा पानीमा डुबेको अवस्थामा सात जनाको शव फेला परेको छ । लगातारको भीषण वर्षाका कारण शनिबार पानीमा डुबेको अवस्थामा सात जनाको शव फेला परेको छ ।

भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईका दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उनकी आठ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०÷३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com