बाढी र पहिरोबाट बचाउन युद्धस्तरमा बचाउ गर्न राजपाको माग

काठमाडौं, २८ साउन । राष्ट्रिय जनता पार्टी नेपालले बाढी र पहिरोमा परेका जनताहरुका लागि युद्धस्तरमा बचाउ गर्न माग गरेको छ । राजपा नेपालका अध्यक्षमण्डीय संयोजक महन्थ ठाकुरले शनिबार एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

बाढी र पहिरोमा परि भएको व्यापक जनधनको क्षति राजपा नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘बाढी र पहिरोमा परि ज्यान गुमाउनु भएका मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

बाढी र पहिरोमा भएको धनमालको क्षतिको यकिन गरी क्षतिपूर्ति दिन, बाढी र पहिरोले गम्भीर रुपमा प्रभावित स्थानहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न राजपाले माग गरेको छ । साथै आपत्कालीन विपद व्यवस्थापन गर्न राजपाले सरकारसँग माग गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com