फोरमको कार्यकर्ता भेला सम्पन्न

वीरगन्ज, २८ साउन । संघीय समाजवादी फोरम नेपालको वीरगन्ज महानगरपालिका बडा नम्बर २२ को अगुवा तथा कृयाशील कार्यकर्ता भेला मनियारीमा सम्पन्न भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवको प्रमुख आतिथ्य र सत्यदेव ठाकुरको अध्यक्षतामा शनिबार विहान सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष प्रदिप यादवले कांग्रेस, एमाले र माओवादी केन्द्र मधेशका ठूलो शत्रु भएकोले स्थानिय चुनवामा यी तिनै दलबाट सावधान रहन जनतालाई आग्रह गरेका थिए ।

नेता यादवले विभिन्न खोलहरु ओढेर मधेशका मतदातालाई ठग्न विभिन्न खोलहरु ओढेर आएकोले सावधान रहन बताउँदै मधेश आन्दोलनको शहीदहरुको बलिदानीलाई सम्झदै तीनै दललाई झाडु लगाएर बढार्ने बेला आएको बताए ।

उनले मधेश आन्दोलनको मागलाई पूरा गराउन फोरमको चुनाव चिन्ह मशालमा मत दिएर जिताउन आग्रह समेत गरे ।

कार्यक्रममा नेता ग्यासुदिन मिया, पूर्व गाविस उपाध्यक्ष विरेन्द्र यादव, क्षेत्रीय सदस्य जोगिन्दर यादव, युवा नेता राजकिरण महतो लगायतका स्थानीय नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त अगुवा कार्यकर्ता भेलाले वीरगन्ज महानगर वार्ड नम्बर २२ मनियारीको वडा समिति सत्यदेव ठाकुरको अध्यक्षतामा गठन गरेको छ । ३३ सदस्यीय उक्त वडा समितिको उपाध्यक्षमा ओमप्रकाश प्रसाद चौरसिया, सविच सिकेन्द्र यादव, सहसचिव प्रदिप कुमार चौरसिया, कोषाध्यक्ष अशोक कुमार साह रहेका छन् ।

त्यस्तै भेलाले ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । कमल साह तेलीको संयोजकत्वमा गठन भएको सल्लाकार समितिको सदस्यमा वीरेन्द्र यादव, ग्यासुदिन मिया, राजकिरण महतो प्रमहंश यादव र भरत साह कानु रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com