दुई महिने निःशुल्क ब्युटिसियन तालिम सुरु

वीरगन्ज, २८ साउन । मधेश फाउन्डेशन नेपालद्वारा वीरगज महानगरपालिका वार्ड ९ गोश्वारा टोलमा दुईमहिने निःशुल्क ब्युटिसियन तालिमको सुरु भएको छ । तामिलको उद्घाटन गर्दै संघीय समाजवादी नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले मधेशीको महिलाको विकासले नै सवल मधेश बन्ने धारणा व्यक्त गरे ।

नेता यादवले मधेशी समाजमा रहेका पुराना बिकृतिहरुलाई विस्थापित गर्दै अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे । उनले सबल मधेशको स्थापनाका लागि विभिन्न रोजगारमूलक तालिमको आवश्कता रहेको बताउँदै मधेश फाउन्डेशनले सुरु गरेको निःशुल्क तालिमले महिलाको आयआर्जनमा सहयोग पुग्ने आशा समेत व्यक्त गरे ।

सो कार्यक्रमको अध्यक्षता फोरम नेपाल पर्साका नेता ध्रुव कार्कीले गरेका थिए भन्ने कार्यक्रम सचालन पार्टीका नेता मनोज कलवारले गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com