रुपन्देही जिल्ला समन्वय समितिमा एमाले–फोरम नेपाल गठबन्धन विजयी

रुपन्देही, २८ साउन । जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले–फोरम नेपाल गठबन्धन विजयी भएको छ । प्रमुखमा एमाले–फोरम नेपाल गठबन्धनका एकराज बिश्वकर्मा बिजयी भएका छन् भने उपप्रमुखमा पनि गठबन्धनकै पशुपति प्रसाद यादव विजयी भएका छन् । विश्वकर्मा एमालेका हुन् भने यादव फोरम नेपालका ।

विश्वकर्माले २७ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी काग्रेस माओवादी केन्द्र गठबन्धनका बिष्णु प्रसाद बस्यालले ५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा फोरम नेपालका यादवले २४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी काग्रेस माओवादी केन्द्र गठबन्धनका सदाबृक्ष तेलीले ८ मत प्राप्त गरे ।

बस्याल काग्रेसबाट उम्मेदवार हुन भने तेलीले माओवादी केन्द्रका उम्मेदवार थिए । सदस्यमा पनि एमाले–फोरम गठबन्धनले नै जितेको छ । जिल्ला समन्वय समितिको महिला सदस्यमा जमुना लम्साल, ज्ञानु विक र सरोजा कुमारी बढई रहेका छन् लम्सालले र बिकले समान २६/२६ मत ल्याएका छन् भने बढईले २३ मत ल्याएका थिए ।

लम्साल र बिक एमालेबाट उम्मेदवारी हुन भने बरईले फोरम नेपालबाट उम्मेदवारी हुन । दलित तथा अल्पसङख्यक सदस्यमा फोरम नेपालका छोटे चमार २३ मत ल्याएर बिजयी भए । त्यस्तै खुल्ला सदस्यमा एमालेका तर्फबाट कविराम अर्याल र खेम प्रसाद लुईटेलले २६/२६ मत ल्याएर बिजयी भए भने फोरम नेपालका रियाज अहमदले २२ मत ल्याउदै बिजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए ।

विजयी प्रमुख, उपप्रमुख तथा सदस्यहरुले शनिबार सपथ लिएका छन् । रुपन्देहीमा १६ स्थानीय तहका ३२ जना प्रतिनिधिले मतदान गरेका थिए । त्यसमध्ये ५ बटा महिला सदस्य ३ वटा खुल्ला सदस्य र २ बटा दलित सदस्यमा मत बदर भएको थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com