रौतहटमा बाढीको वितण्डा : गर्भवती बोकेको गाडी डुब्दा ६ को मृत्यु

रौतहट, २९ साउन । रौतहटमा बाढीको कहरले एक गर्भवती महिलासहित ६ जनाको ज्यान लिएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बगाएको हो ।

गर्भवती बोकेको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए । मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएका छन् ।

जिल्लाको ८० प्रतिशत भूभाग बाढीको पानीबाट जलमग्न भएको छ । लगातार भैरहेको वर्षासँगै आएको बाढीले दर्जनौं गाउँ तथा सयौं घर डुबानमा परेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com