अविरल वर्षाका कारण जनकपुर नगर क्षेत्र पूरै डुवानमा

धिरेश दत्त, जनकपुरधाम, २९ साउन । अविरल वर्षाका कारण जनकपुर नगर क्षेत्र पूरै डुवानमा परेको छ । लगातार परिरहेको अविरल बर्षाले जनकपुरको भानुचौक, कदमचौक, मालपोत कार्यालय, मूर्लीचौक, मिल्स एरिया, जानकी मन्दिर जानेबाटो, देवीचौक ,अस्पताल क्षेत्र, रामानन्द चौक लगायतका स्थानहरु पूरै जलमग्न भएको छ ।

त्यस्तै रामानन्द चौकमा केहि यूवाहरुले डुङ्गा चढी बाढिका मज्जा लिएका छन् र उपमहानगरपालिकाकोे खिल्ली समेत उडाएका छन् ।
एशियन विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजना अन्तर्गत ढल तथा सडक निर्माणका क्रममा सडक त्यस्तै खनेर छाडेकाले र समयमै नपुरिएकाले मिल्स एरिया–भानुचौक सडक करिब तीन हप्तादेखि अवरुद्ध भएको छ । जसका कारण सर्वसधारणहरुलाई आवत जावत गर्न समस्या भएकोछ ।

त्यस्तै,ढलको निकास नहुँदा जनकपुरको मुसलमान बस्ती, किसोरीनगर, आनन्दनगर, शान्तिनगर, हवाईअड्डा तथा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका क्षेत्रहरु पनि डुबानमा परेको छ ।

यसैबिच धनुषाको मध्यमा बग्ने जलाद नदीको पानी निरन्तर बढिरहेको छ । वर्षा नरोकिए मध्य धनुषाका एक दर्जन भन्दा बढी गाउँमा पानी पस्ने खतरा रहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com