उद्धार, राहत र पुनर्वासका लागि सम्पूर्ण सामर्थ्य प्रयोग गर्न आग्रह

काठमाडौं, २९ साउन । महिनाको अन्तिम साता नेपालका विभिन्न भूभागमा भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण हालसम्म ४ दर्जन भन्दा बढी नागरिकको मृत्यु भएको घटनाप्रति शान्ति समाज गहिरो दुःख एवं शोक व्यक्त गरेको छ ।

वेपत्ता भएकाहरुको खोजी कार्य तीव्र पार्न र जोखिममा रहेकाहरुको उद्धारमा कुनै कसर बाँकी नराख्न, उद्धार राहत कार्यलाई तिव्र बनाउन सरकारलाई शान्ति समाजले आग्रह गरेको छ । साथै प्राकृतिक विपत्तिको यस घडीमा सरकार, नागरिक समाज, नीजी क्षेत्र लगायत राज्यका सम्पूर्ण अंगहरुले उद्धार, राहत र पुनर्वासका लागि सम्पूर्ण सामथ्र्य प्रयोग गर्न शान्ति समाज विशेष आग्रह गरेको छ ।

निरन्तर वर्षाका कारण जनजीवन थप कष्टकर हुने सम्भावनालाई मध्यनजर गर्दै बाढी, पहिरो र डुबानको प्रकोपमा परेका ठाँउलाई विपतग्रस्त क्षेत्र घोषणा गरी सो क्षेत्रका वासिन्दाहरुलाई दीर्घकालिन तवरमा राहत पुग्ने गरी विशेष कार्यक्रम घोषणा गर्न सरकारलाई शान्ति समाजले आग्रह गरेको हो ।

यसैगरी, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने लगायतका आपराधिक एवं अमानवीय कार्यलाई रोक्न र दोषीहरुलाई दण्डित गर्न सरकारले आवश्यक कदम चालोस् भन्ने पनि शान्ति समाजले आग्रह गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com