डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारियो

कैलाली, २९ साउन । भजनी नगरपालिका–८ स्थित खैरा, कृष्णनगर, काडाढिक,सोनाफाटा, खल्ला, भ्रतनापुर, दैलेखि टोल, जनकपुर, बाहादुरपुर छछरुवामा अवरिल बर्षासंगै आएको बाढीले करीव १ हजार १ सय ५० घरधुरी पूर्ण रुपमा डुवानमा परेका छन् । यस्तै, भजनी नगरपालिका–२ स्थित घरुवा, कटकानपुर, पल्टुपुर, मोहनपुर गरी ३ सय ४७ घर धुरी समेत पूर्ण रुपमा डुवानमा परेका छन् भने सोही नगरपालिका–६ नवलपुर, थापापुर, बिस्नापुर, बसाहा, खोदाउपुरमका करीव १ हजार घरधुरी आंकिश रुपमा डुवानमा परेकाले प्रभावितहरुलाई सुरक्षित स्थान हुलाकी राजमार्ग र अग्लो स्थानमा सारिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com