बाढीले दर्जनौ गाउँ डुबानमा, राजमार्गको पुल भाँसियो, विद्युत सेवा समेत अवरुद्ध

जलेश्वर, २९ साउन । चार दिनदेखि लगातार परिरहेको पानीको कारण महोत्तरीको दर्जनौ गाउँ डुबानमा परेका छन् भने सो गाउँका सयौं परिवार विस्थापित समेत भएका छन् । लगातारको बाढीको कारण दर्जनौ घरहरु क्षतिग्रस्त हुन पुगेका छन् भने सात चौपायाको बाढीमा बगेर मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले चार दिनदेखिको निरन्तर वर्षाले रातो, जंघा, माढा, भव्सी, विग्ही नदीमा वाढी आउदा सदरमुकाम जलेश्वरसंगै जिल्लाका अधिकांश गाउ तथा नगरहरु जलमग्न भएको जनाएको छ । बाढीको कारणले सदरमुकाम जलेश्वर अहिले टापुमा परिणत भएको छ । सदरमुकाम स्थित दुर्गाचोक, बुद्धिजीवीचोक, नगरपालिकाचोक, खैराचोक लगायतको स्थानमा दुई देखि चार फिटसम्म पानी वगेको छ भने जलेश्वर नगरपालिकाका सवै वडामा पानी पसेपछि सयौ मानिसहरु विस्थापित हुन पुगेको जनाइएको छ ।

लगातारको वर्षाले पानी बढदै गएको कारण जिल्लाको बदिया बन्चौरी, लोहारपटटी, बल्वा, मनरा, पिपरा, धिरापुर, मटिहानी, मलिवार, पिगौना लगायतका दुईदर्जन भन्दा बढी गाउ र नगरहरु पुर्ण डुवानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरीको जनशक्ति पुर्ण रुपमा परिचालन गरिएपनि परिस्थिती अनुकुल नभएकोले ग्राहो हुदै गएको बताउँदै वाढी प्रभावितहरुलाई सक्दो सुख्खा स्थानतिर सर्न अपिल गरेका छन् ।



दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले जिल्लाको करिव ७० प्रतिशत वस्ती डुवानमा परेको जानकारी गराउनुहुदै परिस्थितीलाई नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी शनिवारदेखि नै उद्धारको कार्यमा लागेको बताउनुभयो । उहाँले लोहारपटटीमा वस्ती भित्रै पानी पसेपछि स्थानियहरु रुख र स्काभेटरको माथी चढेर ज्यान जोगाएको खवर आएकोमा स्थानिय र प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरिएको बताउनुहुदै अहिलेसम्म २६ घर पुर्ण क्षतिग्रस्त भएको र सात चौपाया मरेको जानकारी प्राप्त भएको बताए ।



बढदै गएको पानीको कारणले जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको सम्पूर्ण सरकारी कार्यालयहरु समेत डुवानमा परेका छन् । सुरक्षा दिने निकायहरु अहिले आफै डुवानमा रहेको जनाइएको छ । सदरमुकाम स्थित प्रकौली व्यारेक परिसरमै वाढीको पानी तिन फिट भन्दा माथी पसेको छ । त्यसतै सशस्त्र प्रहरीको जलसागरस्थित कार्यालयबाट जलेश्वर आउन बाटो पुर्ण रुपमा अवरुद्ध भएपछि राहत कार्यमा कठिनाई भएको छ । त्यसतै जिल्ला प्रहरी कार्यालय वाहिर तिन फिट भन्दा माथी पानी रहेको छ भने कार्यालय परिसरमै चार फिट भन्दा बढी पानी पस्दा प्रहरी कार्यालय भित्रको मुद्दा फाट, थुनुवा,संचार महिला तथा वालवालिका सेवा केन्द्र डुवेको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, ट्राफिक कार्यालयसहित दर्जनौ कार्यालयहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक केदार कठायतले जानकारी दिए ।



त्यसैगरी जिल्ला प्रहरी कार्यालयसंगै रहेको जिल्ला अदालय र जलेश्वर कारागार समेत पुर्णरुपमा जलमग्न भएको छ । जिल्ला अदालतको तल्लो तल्लाको सम्पुर्ण कोठामा पानी पस्दा विभिन्न कागजातहरु भिजेको प्रहरीले जनाए । यता कारागार भित्रै चार फिट भन्दा माथी पानी पस्दा कैदी बन्दीहरुको ज्यान नै जोखिममा परेको छ । हाललाई कैदीहरुलाई माथिल्लो तल्लामा अन्य कैदिहरुसंग राखिएपनि उनीहरुलाई शौचालय र खाना बनाउने तथा सुत्ने समस्या भएको प्रजिअ यादवले जानकारी दिए ।

बढीको कारणले यहाका मुख्य तथा सहायक मार्गहरु पुर्ण रुपमा बन्द भएको छ । पुर्व पश्चिम राजमार्गको बर्दिवासस्थित रातो पुल शनिवार साझ नै भासिएपछि भारी तथा ठुलो सवारी साधन चल्नमा रोक लगाईएको छ । प्रजिअ यादवले महोत्तरी र धनुषाको संयुक्त पुल रहेको रातुमा विचको भाग भन्दा पनि महोत्तरी तिरकै भाग भासिएकोले यात्रुवाहक वसहरुबाट यात्रुहरु ओराली बस पास गर्न दिएको जानकारी दिए ।

यता पुर्व पश्चिम राजमार्गकै माईस्थान नजिको खोल्सा पुल क्षतिग्रस्त भई आवतजावत बन्द रहेको छ । अवेर राती नदीमा पानीको वहाव वढेपछि पुल भासिएको कारण यातायात बन्द गरिएको जनाइएको छ । त्यसैगरी जलेश्वर जनकपुर,सहित अन्य सडकमार्गहरु समेत बन्द छ ।

निरन्तरको वर्षाले बर्दिवासदेखि सिन्धुली तिर जाने विपी राजमार्गमा पर्ने महोत्तरीकै पाटु कालापानीमा तिन स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । प्रहरीले पहिरो पन्छाई बाटो खुलाउन प्रयासरत रहेको प्रहरी उपरिक्षक केदार कठायतले बताए ।
यता बाढीको पानी विद्युत सवस्टेशनमा पसेपछि शनिबार रातिदेखि नै विद्युत सेवा समेत अवरुद्ध छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com