उद्धारका लागि राजपा नेपाल वीरगंज महानगर कमिटी बाढी प्रभावित क्षेत्रमा

वीरगंज, २९ साउन । चार दिनदेखिको अविरल वर्षाका कारण वीरगंज महानगर पनि बाढीको प्रकोपले प्रभावित भए पछि राष्ट्रिय जनता पार्टी नेपाल वीरगंज महानगर समिति अति प्रभावित क्षेत्रको अवलोकन एवं उद्धार कार्यमा जुटेको छ ।

महानगर अध्यक्ष ओमप्रकाश सरार्फ नेतृत्वको टोलीले अति प्रभावित क्षेत्र नगवा, राधेमाइ, छपकैया, रानिघाट, रामघड्वा लगायत क्षेत्रको अवलोकन गरि अति प्रभावित एवं बिपन्न परिवारको तथ्यांक समेत संकलन कार्य भइरहेको नगर उपाध्यक्ष पनालाल पटेलले बताए ।

आफ्ना मातहतका सबै एकाइ, भातृ संगठनहरुलाई यो बिपतको घडिमा बाढी पीडितको उद्धार एवं सहयोगका लागि परिचालन गरिएको नगर अध्यक्ष ओमप्रकाश सरार्फले बताए । बाढीबाट प्रभावित अति बिपन्न परिवारको राहत सहयोग एवं पुनः स्थपनाको लागी दैवीप्रकोप जिल्ला समन्वय समिति, बिरगंज महानगरपालिकाको कार्यालय, विभिन्न संघसंस्था एवं दाताहरुबाट सहयोगको लागी पहल गर्ने र समस्याको दिगो समाधानको लागि सरोकारवालालाई निरन्तर दवाब दिने र निगरानी गर्ने अध्यक्ष सरार्फले बताएका छन् ।

यी बिपत्तको घडिमा पार्टीको झण्डा एवं बैनर प्रयोग नगरी स्वस्थ मानवीय सेवा गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिइएको छ।अवलोकन टोलिमा मानवअधिकारकर्मी हरेन्द्र बाबा पटेल,नगर कोषाध्यक्ष पनालाल पटेल,सचिव संजय पटेल,युवा नेताहरु रिजिवी खालिद,कृष्ण गुप्ता,हरिकिसुन साह,अरुन सोनि लगायत स्थानीय अगुवाको सहभागीता रहेको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com