वीरगन्जका प्रथम नगरप्रमुख पुत्र मानन्धर फोरम नेपालमा प्रवेश

वीरगन्ज, २१ भाद्र । वीरगन्जका प्रथम नगर प्रमुख केशव मानन्धरका पुत्रले फोरम नेपालमा प्रवेश गरेका गरेका छन् । संघीय समाजवादी फोरम नेपाल प्रति वीरगन्जमा बढ्दै गएको जनलहरलार्इ मध्यनजर गर्दै प्रथम नगरप्रमुख मानन्धरका सुपुत्र दिवाकर कृष्णमानन्धर (बेच्चुदार्इ) फोरम नेपालमा प्रवेश गरेका हुन् ।

उनीसगै फोरम नेपालमा प्रवेश गरेका विजय बहादुर श्रेष्ठ ,श्याम कुमार सिंह, सिताराम साह कानु, मगंल राउत र बलराम प्रसाद बर्णवाल लगायत सबैलाइ मेयरका उम्मेदवार विजय सरावगीले अविर लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सरावगीले वीरगन्जका विभुतीहरुलाइ विगतका नेताहरुले उच्चितसम्मान गर्ने परम्परा बसालनु पर्ने तर त्यसो नभएकोले आफुले चुनाव जितेपछि निश्चैय नै एउटा विभिन्न सेक्टरमा वीरगन्जमा योगदान पुर्याएको व्यक्तिवहरुको परिवारलाइ सम्मान गर्ने रचनात्मक कार्यक्रमहरु ल्याउने बताए ।

राष्ट्रिय जनता पार्टीका वीरगन्दवासीनी गाउपालीकाको अध्यक्षका उम्मेदवार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । राजपाका नेताहरुले नातावाद, पैसाबादमा लागेको आरोप लगाउदै झौवा गाउँका श्रीलालसाह कानु सयौं कार्यकर्ता सहित राजपा परित्याग गर्दै फोरम नेपालमा प्रवेश गरेका हुन ।

संघीय समाजवादी फोरम पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा श्रीलाल साहकानु,योगीन्दर साहतात्वा,चिन्टु तिवारी,हेमन्त साहतेली अलीअहमद मिया,बुद्यनसाक कानु श्यामबाबु साह लगायत सयौ व्यक्तिहरु राजपा पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com