टिकट नपाएपछि राजपा अध्यक्षमण्डलका सदस्यद्वारा राजीनामा, माओवादी केन्द्रमा प्रवेश

महोत्तरी, २१ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल महोत्तरीका अध्यक्षमण्डलका सदस्य नरेन्द्र यादवले आफ्नो पार्टीबाट टिकट नपाएपछि पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनले पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् भने मंगलबार राति माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ महोत्तरीको औरही नगरपालिकामा पुगेर उनलाई पार्टी प्रवेश गराएका छन् । प्रवेश लगत्तै माओवादी केन्द्रको तर्फबाट उनलाई औरही नगरपालिकाको उम्मेदवार बनाइएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com