रौतहटमा शांतिपूर्वक मनोनयन दर्ता, ३४० जनाद्वारा उम्मेदवारी

राकेश यादव, रौतहट, २१ भाद्र । आगामी आसोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि रौतहटमा शान्तिपूर्वक मनोयन पत्र दर्ता भएको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको मिति समय अनुसार १८ वटा स्थानीय तहमा कडा सुरक्षाबीच मनोनयनपत्र दर्ता भएको हो ।

गौर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट शम्भू साह, नेकपा माओवादी केन्द्रबाट टैटी देवी, संघीय समाजवादी फोरम नेपालका गौरीशंकर यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट अजय कुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

गौर नगरपालिकाको मेयरमा १७, उपप्रमुखमा १८ गरी ३४० जनाले उम्मेदवारी दिएका छन् । राजदेवी नगरपालिकामा नेपाली कांग्रेसबाट धीरेन्द्र सिंह, नेकपा एमालेबाट भिखारी प्रसाद यादव, नेकपा माओवादी केन्द्रवाट राजेश साह, फोरम नेपालबाट रामेश्वर प्रसाद यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट अनिल कुमार सिंह, नेपाल लोकतान्त्रिक फोरमबाट अभिनव सिंह, स्वतन्त्रबाट लालबाबू राय यादव, अलोक कुमार राय, ललन यादव गरी १३ जनाले उम्मेदवारी दिएका छन् ।

उपप्रमुखमा ७, वडा अध्यक्षमा ६४, महिला सदस्यमा ३९, दलित महिला सदस्यमा ४५, वड़ा सदस्यमा १०४ गरी २७२ वटा मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिएका छन् ।

ईशनाथ, राजपुर, परोहा, बौधिमाई, मौलापुर, फतुआ विजयपुर, कटहरिया, गरुडा, बृन्दावन, गुजरा, चन्द्रपुर, माधवनारायण, दुर्गा भगवती गाउपालिका, यमुनामाई गाउँपालिका शांतिपूर्ण रुपमा मनोनयन पत्र दर्ता भएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले बताएका छन् ।

२० वर्षको लामो अन्तराल पछि हुन लागेको स्थानीय निर्वाचनमा आम मतदाताहरु निकै उत्साहित देखिएका छन् । बाजागाजाको साथै जुलुस सहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com