“दुलारी बेटी”को शुभ मुहुर्त

जनकपुरधाम, २२ भाद्र । मैथिली फिल्म दुलारी बेटीको जनकपुरधाममा शुभ मुहुर्त गरिएको छ । जानकी मन्दिरमा पुजापाठ गरी एक समारोहका बीच समाजसेवी एवं पत्रकार रामअशिष यादवले शुभ मुहुर्त गरेका छन् ।

निर्माता मनोज मैथिलद्वारा निर्माण हुन लागेको फिल्ममा दाइजो विरूद्धको अभियान चलाइने जानकारी दिए । भारतको मोडलको विशेष सहभागिता रहने फिल्ममा कमल मण्डल, अनिता यादव, मंजु यादव, करिशमा रावल, माया मन्दिर मगर, श्रुति भण्डारी लगायतको मुख्य भूमिका रहने जनाइएको छ ।

फिल्मको निर्देशन शम्भु सिंह र दीपक मण्डलले गर्नेछन् भने सँगीत कमल मण्डलको रहनेछ । साथै, सोही कार्यक्रममा “जुलुम भेलई रे भाई” मैथिली टेलिसिरियलको समेत शुभमुहुर्त गरिएको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com