महोत्तरीमा ४ हजार ४ सय १० मनोनयन दर्ता

जलेश्वर, २२ भाद्र । महोत्तरी जिल्लामा स्थानीय तह निर्वाचनको लागि असोज २ गते हुने निर्वाचनमा २ सय ७० स्थानको लागि ४ हजार ४ सय १० जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले जिल्लाको १० नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तहमा विभिन्न पदको लागि यत्तिको संख्यामा उम्मेदवारी परेको जानकारी गराए ।

अधिकृत पोखरेलले बर्दिवास नगरपालिकामा ३ सय १४ जना, लोहारपट्टी नगरपालिकामा २ सय २० जना, औरही गाउँपालिकामा २ सय ७६ जना, पिपरा गाउँपालिकामा २ सय ६९ जना, जलेश्वर नगरपालिकामा ४ सय ६६ जनाले विभिन्न पदमा उम्मेदवारी दिएको जानकारी दिए ।

त्यसैगरी, एकडारामा २ सय २३ जना, भंगहामा २ सय ७६ जना, बलवामा ३ सय ६३ जना, मटिहानीमा २ सय ३६ जना, गौशालामा ३ सय ९५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् भने महोत्तरी गाउँपालिकामा २ सय ३६ जना, सम्सीमा २ सय ६० जना, रामगोपालपुरमा २ सय ३६ जना, सोनमामा २ सय ७३ जना र मनरासिस्वामा ३ सय ५७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएको अधिकृत पोखरेलले दावी गरे ।

उनले उत्साहका साथ स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि स्थानीयहरू लागेका कारणले यत्तिको संख्यामा उम्मेदवारी परेको बताए । अहिलेसम्म पनि विभिन्न नगरपालिका र गाउँपालिकको दर्ता नामावली आउन नसकेको अधिकृत पोखरेलले बताए । उम्मेदवारी दर्ता दिएकामध्ये सबैभन्दा बढी जलेश्वर नगरपालिकामा ४ सय ६६ जनाले मनोनयन दर्ता गराएका छन् भने सबैभन्दा कम लोहारपट्टी नगरपालिकामा २ सय २० मनोनयन दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृत पोखरेलले १५ जना प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदको निर्वाचनको लागि क्रमशः २ सय ९ र १ सय ४१ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । त्यसैगरी, १ सय ३८ पदको लागि वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य पदमा क्रमशः १ हजार ११, ७ सय ७८ र ७४५ उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पोखरेलले जनाए ।

अन्य दुई पदको सदस्य २ सय ७६ मा १ हजार ५ सय २६ ले उम्मेदवारी दर्ता गराएको अधिकृत पोखरेलले स्पष्ट गराए । मुख्य अधिकृत पोखरेलले रातभरि नै उम्मेदवारी दर्ताको काम भएको बताउँदै फाराम भर्न, रसिद काटने लगायतका अन्य काममा समय लागेको र बिहीबार बिहानसम्म पनि काम भइरहेको जानकारी दिए ।

यसैबीच, महोत्तरीमा तिनजना पत्रकारहरूले पनि स्थानीय तहको निर्वाचनमा आप्mनो उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराउनेहरूमा मटिहानी नगरपालिकाबाट नेपाल पत्रकार महासंघ महोत्तरीशाखाका पूर्व सभापति तथा केन्द्रीय पार्षद हरिप्रसाद मण्डल, पत्रकार महासंघ महोत्तरी शाखाका प्रदेश पार्षद बैद्यनाथ चौधरी तथा महासंघका कार्यसमिति सदस्य घनश्याम भगतले उम्मेदवारी दर्ता गराए ।

मण्डलले राजपाको तर्फबाट मटिहानी नगरपालिकाको प्रमुखमा, चौधरीले फोरम लोकतान्त्रिक पार्टीबाट पिपरा गाउँपालिकाको वडानं. ७ को वडाअध्यक्षमा तथा भगतले राजपाको तर्फबाट जलेश्वर नगपालिका वडानं. १ को वडा सदस्यमा उम्मेदवारी दर्ता गराए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com