बाढी प्रभावित महिलाहरुका लागि प्रजनन् स्वास्थ्य किट हस्तान्तरण

जलेश्वर, २२ भाद्र । साउन महिनाको अन्तिममा आएको बाढीको कारणबाट सबभन्दा बढी महिला र युवतीहरु प्रभावित बनेको भन्दै युएनएफपिएले जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीलाई प्रजनन स्वास्थ्य किट हस्तान्तरण गरेको छ ।

बाढीपश्चात राहत बाँडने क्रममा भएको विभिन्न छलफलमा महिला र किशोरीहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु देखिने गरेको स्वंयसेविकाहरुले छलफलमा जानकारी गराएपछि युएनएफपिएले १३ सेट प्रजनन स्वास्थ्य किट उपलब्ध गराएको हो ।

सो प्रजनन स्वास्थ्य किटबाट ३० हजार महिला र किशोरीलाई सेवा दिन सकिने बाट ३०,००० महिला तथा किशोरीहरुलाइ सेवा दिन सकिने युएनएफपिएका हरि कार्कीले जानकारी दिए ।

सो प्रजनन स्वास्थ्य किट एक कार्यक्रमको आयोजना गरी युएनएफपिएले जिल्ला स्वास्थ्य प्रमुख डा.नागेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य प्रमुख डा.यादवले बाढीको कारणले महिला र किशोरीहरुमा देखिएको प्रजनन स्वास्थ्यको समस्यालाई ध्यानमा राखेर युएनएफपिएले उपलब्ध गराएको यो किटले समस्या समाधानमा सहज पुग्ने बताउँदै युएनएफपिएलाई धन्यवाद दिए ।

विपत्को समयमा सबभन्दा बढी बालबालिका, किशोरकिशोरी, र प्रजनन उमेरका महिलाहरु बढी प्रभावित हुने गरेको जनाइएको छ ।
साउन महिनाको अन्तिममा महोत्तरीमा आएको बाढीले २ हजार ४ सय ८४ घरपरिवारमा क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।

बाढीबाट प्रभावित किशोरी तथा महिलाहरुको स्पष्ट तथ्यांक जानकारीमा नआए पनि विपद प्रतिकार्यमा सहयोग गरिरहेका स्थानीय स्वयमसेवक, गैरसरकारी संस्था र महिला स्वयमसेविकाहरुका अनुसार प्रजनन स्वास्थ्यसंग सम्बन्धित धेरै समस्याहरु हाल आएर देखिन शुरु भएको जनाइएको छ ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका उपसभापती, युएनएफपिएका हरि कार्की, केदार राना,स्वास्थ्य विभागका जनस्वास्थ्य निरिक्षक शंभु महतो, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका सविन अधिकारी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com