रौतहटमा ४ हजार भन्दा बढी उम्मेदवार

राकेश यादव, रौतहट, २२ भाद्र । रौतहटमा ८२१ पदका लागि चार हजार भन्दा बढी उमेदवारले मनोयन पत्र दर्ता गराएका छन् । अहिलेसम्म कुनै पद निर्विरोध भएको जानकारी प्राप्त भएका छैन ।

गौर नगरपालिकामा ३४०, माधवनारायणमा ३०७, राजपुर नगरपालिकामा २९६, कटहरिया नगरपालिकामा २८८, गरुडा नगरपालिकामे २८२, मौलापुर नगरपालिकामे २८२, राजदेवी नगरपालिकामा २७२, बौद्धिमाई नगरपालिकामा २७२, फतुवा विजयपुर नगरपालिकामा २७१, देवाही गोनाही नगरपालिकामा २३३ ईशनाथ नगरपालिकामा २३२, वृन्दावन नगरपालिकामा २२८, गुजरा नगरपालिकामा २२२, चन्द्रपुर नगरपालिकामा २१७, गढीमाई नगरपालिकामा २१७, परोहा नगरपालिकामा २०९,यमुनामाई गाँउ पालिकामा १८९ र दुर्गा भगवती गाउँपालिकामा १५८ जनाले उमेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएका छन् ।

गौरको प्रमुखमा नेकपा एमालेबाट शम्भु साह, नेकपा माओवादी केन्द्रबाट टैटी देवी, संघिय समाजवादी फोरम नेपालबाट गौरीशंकर यादव, राजपाबाट अजय कुमार गुप्ता, राजदेवीको प्रमुखमा नेपाली काग्रेसबाट धिरेन्द्र सिंह, एमालेबाट भिखारी प्रसाद यादव, फोरमबाट रामेश्वर प्रसाद यादव, राजपाबाट अनिल सिंह उम्मेदवारी दिएका छन् ।

माधवनारायण नगरपालिकाको मेयरमा २० जना र उपमेयरमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । नेमकिपावाट वैद्यनाथ चौधरी, संघीय समाजवादी फोरम नेपालबाट वीरेन्द्र यादव, स्वतन्त्र ओमप्रकाश चौधरी, राम एकबाल साह, रामफल महरा, धर्मेन्द्र कुमार साह, राम नाथ माझी, अजय कुमार चौधरी ।

दुखा प्रसाद साह, बावन मुखिया, नेपाली काँग्रेसवाट शंकर राय यादव, स्वतन्त्र बिगु महरा, सखीचन साह, राजीनन चौधरी, नेकपा माओवादी केन्द्रवाट देवनागरायण भगत, बहुजन शक्ति पार्टीवाट मुनिचन हजरा, स्वतन्त्रवाट जोगिन्दर राय, नेकपा एमालेवाटे राम नरेश प्रसाद यादव, राजपा नेपालवाट लिला प्रसाद साहले मेयरपदमा उमेदवारी दिएका हुन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेको पूनम कुमारी साह, स्वतन्त्रवाट सुनीता कुमारी, राजपा नेपालवाट उषाकुमारी ठाकुर, स्वतन्त्रवाट गीता देवी, नेपाली काँग्रेसवाट रेणु यादव, नेकपा माओवादी केन्द्रवाट सिमल कुमारी साह, स्वतन्त्रवाट वीरेन्द्र साह, बहुजन शक्तिवाट चिन्ता दुसाधिन, नेमकिपावाट रोहिणी देवी, कलही देवी बिनिन, स्वतन्त्रवाट तपसीलाल राय यादव उमेदवार बनेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com