एमाले यस युगको सबैभन्दा प्रतिगामी पार्टी : श्रेष्ठ

काठमाडौं, २२ भाद्र । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा एमाले यस युगकै सबैभन्दा प्रतिगामी पार्टी रहेको आरोप लगाएका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा फोरम सहअध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका छन् ।

उनले देश सङ्घीयतामा प्रवेश गरेपछि पनि पहिचान सहितको सङ्घीयताको विपक्षमा उभिएको एमाले यस युगको सबैभन्दा प्रतिगामी भएको बताउँदै उत्पीडित राष्ट्रियताहरूले जवसम्म पहिचान विरोधीहरूको हातमा डाडु पन्यु सुम्पन्छन् तवसम्म राष्ट्रिय मुक्ति आन्दोलन सफल नहुने बताए ।

उनले उत्पीडित समुदायको पहिचान समाप्त गर्नेहरू जनताका दुश्मन भएको बताउँदै अव पहिचान पक्षधर शक्तिले आफ्नो शत्रु र मित्रु चिन्नु पर्ने दिन आएको बताए ।

काठमाडौँस्थित नेपाः ब्यान्क्वेटमा सङ्घीय समाजवादी फोरम नेपालको भातृ सङ्गठन सङ्घीय समाजवादी नेवाः सङ्घको नेवाः प्रदेश समिति गठन भएको छ । नेवाः सङ्घको अध्यक्ष सत्य नारायण डंगोलको अध्यक्षतामा समिति गठन भएको हो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com