रौतहटमा ७ जनाद्वारा उम्मेदवारी फिर्ता

रौतहट, २४ भाद्र । रौतहट जिल्लामा ७ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । भाद्र २१ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले निर्वाचन आयोगले निर्धारण गरेको समयमा राजदेवी नगरपालिकामा ३, दुर्गा भगवति गाउँपालिकामा २, गरूडा नगरपालिकामा १ र देवाही गोनाही नगरपालिकामा १ जना गरी ७ जनाले आफ्नो नाम फिर्ता लिएका छन् भने एक जनाको उम्मेदवारी रद्द भएको छ ।

राजदेवी नगरपालिका वडा नं १ का लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका शोभा कुमारी बैठा, ५ को सुरेश महतो, ९ को अध्यक्ष पदका उम्मेदवार बनेका नारायण दासले नाम फिर्ता लिएको सहायक निर्वाचन अधिकृत श्याम प्रसादले बताएका छन् ।

दुर्गा भगवति गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार बनेका नन्दकिशोर वर्मा, गरूडा नगरपालिका वडा नं २ का अध्यक्ष पदका उम्मेदवार लडाई राय यादव, देवाही गोनाही नगरपालिका वडा नं ७ का वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका राम अयोध्या यादवले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । देवाही गोनाही नगरपालिकामा एउटै पदमा एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएपछि एक जनाको उम्मेदवारी रद्द गरिएको हो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com