बुटबलको प्रदर्शनीमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने

चन्द्रकान्त खनाल, रुपन्देही, २५ भाद्र । बुटवलमा गरिने मेला महोत्सवमा स्वदेशी उत्पादनलाई बढी प्राथमिकता दिइनुपर्ने बताएका छन् । हरेक वर्ष हुने विभिन्न मेला महोेत्सवमा स्वदेशी भन्दा विदेशी गुणस्तरहीन बस्तुले धेरै चर्चा पाउने गरेको भन्दै उनीहरुले स्वदेशी उत्पादनकै स्तर वृद्धि गर्न र प्रचार प्रसार गराउन मेला महोत्सवहरुले पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ गतेदेखि १८ गतेसम्म बुटवलमा गर्न लागेको राष्ट्रिय औधोगिक कृषि पर्यटन प्रवद्र्धन प्रदर्शनी २९७४ को अवसरमा आयोजकले शनिबार राजनीतिक दलसंग गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । राजनीतिक दलका नेताहरुले उक्त प्रदर्शनीलाई सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले पुराना घरेलु उत्पादनलाई पनि आधुनिकीकरण गरी स्वदेशी बस्तुलाई नै प्राथमिकतामा राखेर मेला आयोजना गर्नुपर्ने सुझाव दिएका छन् ।

उहाँले परिवर्तित समयको माग अनुसारका नयाँ उत्पादनको बजारीकरणको लागि पनि मेला महोत्सवहरु उपयुक्त माध्यम बन्न सक्ने उल्लेख गरे ।

बुटवलमा हुने कुनै पनि मेला महोत्सवलाई सफल पार्न आफ्नो पार्टीले सहयोगीको भूमिका खेल्ने वताए । नेकपा एमालेका बुटवल नगर संयोजक ऋषिराम पाण्डेले मेला महोत्वसले यस क्षेत्रको आर्थिक विकासमा सघाउने उल्लेख गरे ।

मोओवादी केन्द्र बुटवल उपमहानगरका अध्यक्ष सुदिप न्यौपानेले प्रदर्शनी विगतका भन्दा केही फरकपनसहितको हुनुपर्ने धारणा राखे ।कार्यक्रममा राष्ट्रिय जनता पार्टीका राजेन्द्र कुमार अग्रहरी, जनमुक्तिका गोपाल चौहान, नेपाल कम्युनिष्ट पार्टीका श्याम सुवेदी लगायतले बोल्दै उक्त मेलालाई आ—आफ्ना पार्टीको सहयोग रहने उल्लेख गरे ।

संगठनका बुटवल अध्यक्ष खेम श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य खिमनारायण पराजुली, बुटवल उपाध्यक्ष गोविन्द गैरे, महासचिव सिताराम रसाईली लगायतले प्रदर्शनीको तयारीका बारेमा छलफल गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com