१०३औं विपि जन्मजयन्ती मनाइयो

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २५ भाद्र । जननिर्वाचित प्रथम प्रधानमन्त्री एवं नेपाली कांगे्रसका संस्थापक नेता महामानव विशेश्वर प्रसाद कोइरालाको कपिलवस्तु लगायत देशभर १०३औ विपि जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

नेपाली कांगे्रस कपिलवस्तुले जिल्ला पार्टी कार्यालय तौलिहवामा एक कार्यक्रम गरी विपि जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्री तथा पार्टी सभापति सुरेन्द्र राज आचार्यले विपिको समाजवादको सिद्धान्तले नै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

कार्यक्रममा बोल्दै पूर्वपार्टी सभापति सुधाकर पाण्डेले विपिको सिद्धान्त र उनका कार्य र राजनीति अपनाउन सकेमा मात्र मुलुकको विकास र निकास हुने बताए । त्यसका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट भएर लाग्नु पर्ने बताए । सो अवसरमा कागे्रस नेता रुक बहादुर भुषाल, कपिवलवस्तु नगरपालिकाका वडा अध्यक्ष रामभजन कलवार, अनिल कशौधन , दुर्गेस पाण्डेय लगायत वोलेको कार्यक्रमको संचालन जिल्ला सदस्य राजेश ज्ञवालीले गरेका थिए ।

यसैगरी, कांगे्रस क्षेत्र नं २ ले समेत विपिको जन्मजयन्ती डुमरामा मनाएको छ । क्षेत्रीय सभापति अब्दुल मन्नान खांको सभापतित्व र पूर्वराज्य मन्त्री कमलेश कुमार शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा कपिलवस्तु निर्वाचत क्षेत्र नं २ का सांसद अतहर कमाल पुर्व पार्टी सभापति राजेश आर्चाय, जिल्ला कोषध्यक्ष शोहरत तेली , जिल्ला सदस्य चर्तुभुजमणी त्रिपाठी लोकनाथ शर्मा , जमशेद खां परमेश्वर पाठक महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा क्षेत्रिय सभापति उषा पाण्डेय लगायतले विपीको बारेमा वोलेका थिए । कार्यक्रम क्षेत्रिय सचिव कमलेश शुक्लाले गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com