सरकारले श्रमिकहरुलाई परिचय पत्र दिने : राज्यमन्त्री चौधरी

काठमाडौं, २५ भाद्र । सरकारले श्रमिकहरुलाई परिचयपत्र दिने भएको छ । त्यसका लागि गृहकार्य भइरहेको श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिए ।

उनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई परिचयपत्र दिएपछि उनीहरुका हक अधिकारका विषयमा पनि काम गर्न सजिलो हुने उल्लेख गरे ।

समाज सेवा तथा मानव अधिकारमा महिला र बाबलबालिका (सिविस) नेपालको विसौँ साधारण सभाको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले असुरक्षीत रुपमा काम गर्नका लागि नेपाली श्रमिकहरु अन्तर्राष्ट्रिय बजारमा गइरहेको तर्फ इंगित गर्दै नेपालमा बाल श्रमिकको समस्या समाधान गर्न सके मात्रै दैनिक १ हजार रुपैयाँको ज्यालाका लागि मजदुरहरु विदेशिनु नपर्ने उल्लेख गरे ।

अहिले पनि काठमाडौंमा २० हजार बढी बालश्रमिकहरु विभिन्न ठाउँमा कार्यरत रहेको बताउँदै उनले बालश्रमविरुद्ध अभियान नै सञ्चालन गरेर अघि बढ्ने योजना पनि रहेको जानकारी दिए ।

सरकार र गैरसरकारी संस्थाहरुले एक अर्कालाई मात्रै दोष थुपारेर समस्याको समाधान ननिस्कने पनि प्रष्ट पारे । अहिले पनि वाल अधिकारको क्षेत्रमा उल्लेख्य सुधार हुन नसकेको तर्फ सरकार सचेत रहेको भन्दै यस क्षेत्रमा कानुनका कारण भएका कमिकमजोरीहरु सच्याएर अघि बढ्न सरकार तयार रहेको पनि जानकारी दिए ।

नेपालमा बाल अधिकार लगायत थुप्रै अभियानका लागि अन्तर्राष्ट्रिय संस्थाहरुले उल्लेख्य रकम खर्चिएको बताउँदै तर त्यसका सही सदूपयोग भए नभएको अनुगमन नागरिक स्तरबाट गर्नुपर्नेमा जोड पनि दिए ।

अहिलेसम्म बालबालिकाको क्षेत्रमा मात्रै खर्च भएको पैसाको हिसाब हेर्ने हो भने सबै बालबालिका विद्यालय गइसक्नु पर्ने थियो भन्दै अहिले पनि यसमा सुधार हुन नसक्नु दुःखद् विषय भएको पनि बताए । अब कागजमा योजना बनाएर अघि बढ्ने समय नरहेको भन्दै एक्सन ओरेन्टेन्ट काम गर्नुपर्ने बेला आएको तर्फ पनि सेचत गराए ।

मन्त्री हुने ४८ दिनमात्रै रहेको बताउँदै त्यतिन्जेलसम्म गर्न सक्ने कामको लिस्ट पनि तयार पारेको राज्यमन्त्री चौधरीले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com