चुनावी प्रचारका लागि प्रधानमन्त्री मधेशका जिल्ला जाने

काठमाडौं, २५ भाद्र । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचारप्रसारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मधेश झर्ने भएका छन् ।

देउवा मंगलबारदेखि शुक्रबारसम्म मधेशका विभिन्न जिल्लाहरुमा चुनावी प्रचारका लागि आयोजित कार्यक्रमहरुमा सहभागी हुनेछन् ।

मधेशमा पहिलो दल र १ सय भन्दा धेरै स्थानीय तह जित्ने लक्ष्य बनाएको नेपाली कांग्रेसका नेताहरू मधेशको निर्वाचनमा केन्द्रित भएका छन् ।

प्रधानमन्त्रीसँगै पार्टी मन्त्री र शीर्ष नेताहरुको पनि सहभागिता रहने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा दिनको १ः०० बजे र सिरहाको जिरो माइलमा ४ बजे आमसभालाई सम्बोधन गर्नेछन् ।

यस्तै, भदौ २८ गते धनुषाको जनकपुरमा दिनको १ बजे र सोहि दिन महोत्तरीको बर्दिवासमा दिनको ३ बजे आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भदौ २९ गते सर्लाहीको मलंगवामा दिनको १ बजे र रौतहटको गौरमा ४ः०० बजे सभालाई प्रधामन्त्रीले सम्बोधन गर्नेछन् ।

यस्तै, भदौ ३० गते बाराको कलैयामा दिनको १ बजे र पर्साको विरगंजमा दिनको २ बजे आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com