प्रचण्डले भने, ‘मधेशमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने’

सिन्धुली, २६ भाद्र । चुनावी प्रचारका लागि मधेशका आठ जिल्ला भ्रमण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुली पुगेर तेस्रो चरणको चुनावबारे प्रतिक्रिया दिँदै मधेशको चुनावमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने बताएका छन् ।

उनले मधेशीहरु पैसा, रक्सी र मासुका लागि मात्र मतदान गर्ने गरेको टिप्पणी गरेका छन् । प्रचण्डले मत माग्न जाँदा मधेशी पहिरनमा सजिएका हुन्छन् तर पहाड उक्लने बित्तिकै मधेश र मधेशीबारे कटाक्ष गर्न थाल्छन् ।

सोमबार सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मधेशको चुनावमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने बताए । ‘पुराना पार्टीहरुले प्रत्येक महिलालाई एउटा साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटियो,’ उनले भने ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com