एमालेको नक्कली राष्ट्रवादबाट सचेत हुनुपर्छ : कोइराला

सिरहा, २६ भाद्र । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेको नक्कली राष्ट्रवादबाट सचेत हुनुपर्ने बताएका छन् । उनले एमालेको नक्कली राष्ट्रवादको नाराले मधेश र पहाडबीच सामाजिक सद्भाव विथोलिने आरोप लगाएका छन् ।

कांग्रेस सिरहा नगर समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो आरोप लगाएका छन् ।

साथै, उनले एमाले र मधेशी दल मिति सकिएको औषधी जस्तै भइसकेको दाबी गर्दै यी दलहरूले अब मधेश र मधेशीको हितमा काम गर्न नसक्ने बताएका छन् ।

उनले मधेशको समस्या कांग्रेसले मात्रै समाधान गर्न सक्ने दाबीसमेत गरेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com