एमालेले प्रदेश नं. २ मा सोचेजस्तो परिणाम ल्याउन गाह्रो छ

ज्योत्सना क्रान्ति, सञ्चारकर्मी

अहिले २ नं. प्रदेशको स्थानीय तह निर्वाचनको कुरा गर्दाखेरी जनकपुर लगायतका मधेशका प्रायजसो ठाउँहरुमा एमाले पार्टीको चहल पहल कम देखिएको छ, त्यसकारण म के भन्न चाहन्छु भने एमाले पार्टीको यसपालीको निर्वाचनमा तिनीहरुले सोचेको जस्तो जीत हासिल गर्न चूनौती नै रहेको छ । विगतमा एमाले पार्टीका नेताहरुले बोलेका कुराहरुलाई यहाँका जनताहरुले नजरअंदाज गरेको अवस्था रहेको छैन । तिनीहरुको मानसपटलमा अहिले पनि त्यो अपमानजनक अभिव्यक्तिहरु जीवित नै रहेको छ । एमाले पार्टीको त्यो भावना अहिले पनि यहाँका जनताहरुले विर्सन सकेको अवस्था छैन । त्यसकारण म समग्रमा के भन्न चाहन्छु भने एमाले पार्टीको जुन प्रकारको रवैया हो त्यो अनुसारको नै जनताले यसपाली मतदान गर्ने हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com