तेस्रो चरणको निर्वाचनमा एमाले तेस्रो वा चौथो पार्टी बन्छ

बन्दना झा, सर्लाही

सर्लाहीको परिपेक्ष्यमा एमाले पार्टीको चुनावी अवस्था बारे भन्ने हो भने एमाले पार्टीको चर्चा परिचर्चा कम देखिएको छ । अन्य पार्टीहरुको तुलनामा एमाले पार्टीको प्रचार र प्रसारमा पनि कमि देखिएको छ । त्यसकारणले म के भन्न चाहन्छु भने यो भन्दा अगाडी एमालेको अवस्था बलियो भए पनि अहिलेको अवस्थामा एमाले पार्टी कमजोर देखिएको छ । एमाले पार्टीले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो पार्टीको रुपमा उदाएको थियो जुन कि प्रदेश नं. २ मा भइरहेको तेस्रो चरणको चुनावमा हुन सक्दैन । एमाले पार्टी सम्भवत तेस्रो वा चौथो पार्टीको रुपमा जाने संभावना रहेको यहाँका जानकारहरुले पनि बताउँछन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com