एमालेको अवस्था एकदमै नाजुक छ

राजेश यादव, विद्यार्थी नेता, महोत्तरी

महोत्तरी र सर्लाही जिल्लाको प्रायजसो ठाँउमा जाँदा जुन प्रकारको माओवादी पार्टी लगायतका नेपाली काँग्रेस र राजपा नेपाल पार्टीमा मतदान गर्ने भनेर कुराहरु जनताबाट आइरहेको छ, त्यसप्रकारले एमाले पार्टीको चर्चा पनि भएको छैन । एमाले पार्टीको अवस्था एकदमै नाजुक भन्न सकिन्छ । किनभने एमाले पार्टीको वक्तव्य अहिले पनि जनताहरुले बताइरहेका छन् । एमाले पार्टीको वरिष्ठ नेता झलनाथ खनालले मधेशीहरुलार्ई धोती भनेर अपमानित गरेका थिए । त्यो अपमानको जवाफ मधेशीहरुले धोती रैली निकालेर दिएका थिए । त्यो प्रकारले नै आज मधेशीहरुले एमालेको क्रियाकलापलाई अब मतदान नगरी जवाफ दिने कुरा स्पष्ट भएको पाइएको छ । यी र यस्ता कारणहरु हेरे पछि म के भन्न चाहन्छु भने एमाले पार्टीको मधेशमा अन्त्य हुनेछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com