देउवा, पौडेल र कोइरालाले आजदेखि संयुक्त रुपमा २ नं. प्रदेशमा प्रचार गर्ने

ललितपुर, २७ भाद्र । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले आजेदेखि स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा आज २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि हिजो सोमबार नै बीपी राजमार्ग हुँदै लहान पुगिसकेका छन् ।

कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले आज दिउसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्नेछन् । सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि उनीहरु सिरहा प्रस्थान गर्ने कार्यक्रम छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com