सर्पको टोकाईले एकको मृत्यु

जलेश्वर, २७ भाद्र । महोत्तरी जिल्लाको गौशालामा सर्पको टोकाईबाट सोमबार राति एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीको गौशाला १ रामनगर निवासी २३ वर्षीय रानी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

राति सुत्नका लागि झुल लगाउने क्रममा सर्पले टोकेपछि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी महतो गर्भवती समेत रहेको उनका लोग्ने जयकिशोर महतोले जानकारी दिएका छन् ।

साउनको अन्तिम सातामा आएको बाढीको कारणले महोत्तरीमा सर्पदंशको विरामीमा वृद्धि भएको देखिएको छ ।

जिल्ला अस्पताल जलेश्वरले बाढी यता ६९ जना सर्पदंशको विरामी जलेश्वर अस्पतालमा उपचारार्थ आएको जानकारी दिएको छ । तर, सर्पदंशको कारणले मृत्यु भएकाहरुका तथ्याँक जलेश्वर अस्पतालसंग नरहेको जनाइएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com