कांग्रेसले महोत्तरीमा खाता खोल्यो, दलित महिला सदस्य निर्विरोध

महोत्तरी, २७ भाद्र । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसबाट मनरा सिस्वा नगरपालिकाका वडा नं. ८ मा दलितबाट उम्मेदवारी दिएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।

मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बानियाँले मनरा सिस्वा नगरपालिकाको वडा नं. ८ को दलित सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी दिए । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिँदै सबै जनालाई मतगणनापश्चात प्रमाणपत्र दिने बताए ।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए । उनले अहिले को को निर्विरोध भयो भन्न नसकिने जानकारी दिए ।

कांग्रेस मनरा सिस्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडा नं. ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अन्सारीले नेकाका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिए । सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com