केही तत्वहरु प्रदेश नं. २ मा द्वन्द्वको खेती गर्न सक्रिय रहेका छन् : ओली

काठमाडौं, २७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरु प्रदेश नं. २ मा द्वन्द्वको खेती गर्न सक्रिय भइरहेको आरोप लगाएका छन् । उनले नेपालको जातीय विविधता, भाषिक र सांस्कृतिक विविधतामा द्वन्द्वको बीऊ रोपेर त्यसबाट छाक टार्नेहरुको बिगबिगी भएको आरोप लगाए ।

बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले संकलन गरेको ३ लाख २५ हजार ७ सय ८० रुपैयाँ राहत रकम आफ्नै निवास बालकोटमा मंगलबार बुझ्दै उनले भने, ‘यी सबै तत्वहरुलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन् । ’

राहात रकम संकलन समितिका संयोजक रघुनाथ महर्जनका अनुसार उक्त रकम पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र सहयोगीहरुबाट संकलन गरिएको हो ।

राहत रकम नेकपा(एमाले) केन्द्रीय कार्यलयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गरेर तराईका बाढी पीडितलाई अविलम्ब पु¥याइने व्यवस्था गरिने ओलीले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com