एमालेका नेताहरुको अनुहार कालोले पोतिएको छ : निधि

काठमाडौं, २७ भाद्र । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेका नेताहरुको अनुहार कालोले पोतिएको बताएका छन् । उनले एमालेका नेताहरु संघीयता, गणतन्त्र र मधेशी जनता विरोधी भएको आरोपसमेत लगाएका छन् ।

एमालेका नेताहरु निरन्तर रुपमा चिन र उत्तर कोरिया जाने गरेको भन्दै निधिले ती देशमा किन गएको भन्ने कुरा जनतालाई भन्नुपर्ने निधिले जिकिर गरे ।

एमालेको चरित्र जनताले बुझिसकेको दाबी गर्दै नेता निधीले भने, “एमालेका नेताहरुको अनुहार कालोले पोतिएको छ ।” एमालेको चरित्र कस्तो हो भन्ने कुरा प्रदेश नम्बर २ को स्थानीय चुनावको नतिजाले छर्लङ्ग पार्ने नेता निधिले बताएका छन् ।

ऋषि धमलासँग नेपाली बहस कार्यक्रममा कुरा गर्दै ज्ञानेन्द्रका नजिकका मान्छे कमल थापाको नेतृत्वका पार्टीका सांसद र केपी ओलाीको साँठगाँठमा संविधान संशोधन असफल पारिएकोसमेत निधिले आरोप लगाएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com