प्रदेश नं. २ मा राजपा सबभन्दा ठूलो पार्टी बन्छ, एमाले खोक्रो राष्ट्रवादी पार्टी हो

उपेन्द्र महतो, नेता, राजपा नेपाल

विगतको आन्दोलन, यो विभेदकारी संविधान निर्माण र अहिले आएर ६ वटा पार्टी एकिकृत भएर बनेको पार्टी राजपा नेपाल यी सबै परिवेशलाई हेर्दा दुई नम्बर प्रदेशमा राजपा नेपाल सबभन्दा ठूलो पार्टी भएर आउनेछ । नेकपा एमाले पार्टी खोक्रो राष्ट्रबादी पार्टी हो । कहिले एमालेले मधेशीलाई धोती भन्छ । मधेश प्रदेशको माग गर्दा धोती प्रदेश भन्छ । एमालेले मधेशीले विहारी र इण्डियन भन्छ । यी र यस्ता प्रकारको अपमानको घोट पिएर अब मधेशी जनताले एमालेलाई मतदान गर्दैैन । किनभने मधेशी जनताहरु पनि अब आफ्नो हक र अधिकारका लागि जागरुक भइसकेका छन् । म त के भन्छु भने एमाले पार्टीको उम्मेदवारहरुको कोर मधेशका सबै ठाउँमा जमानत जफत हुन्छ । यो ठोकुवा तथ्य हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com