प्रदेश नं. २ मा मधेशवादी दल नै अगाडि रहनेछ

अशोक यादव, नेता, राजपा नेपाल

प्रदेश नं. दुईका शोषित उत्पीडित जनताहरु पनि अब प्रष्ट भइसकेका छन् कि एमाले पार्टी हत्यारा हो भनेर । आन्दोलनको समयमा मधेशीहरुलाई खोजी खोजी टाउको र छातीमा गोली हान्न लगाएका थिए । त्यो घटना यहाँका जनताहरुको मनमा अहिले पनि ताजा नै रहेको छ । एमाले पार्टीले गरेको नरसंहारलाई मधेशी जनताहरुले बिर्सेका छैनन् । ६ महिना भन्दा पनि लामो समयसम्म भएको आन्दोलन र मधेशी एकताको परिचय दिदैँ विभेद विरुद्धको लडाईको लागि गरिएको मानव साङ्लोलाई माखे साङग्लोको संज्ञा दिएर एमाले पार्टीले मधेशका जनताहरुको मनमा आफूको घृणा पैदा गरिदिएको छ । ८ वटा जिल्लाको स्थानीय तहको निर्वाचनमा मेरो बुझाईमा मधेशवादी दल नै अगाडी रहनेछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com