भारतीय दूतावासद्वारा तीन शहरमा कन्सुलर क्याम्प आयोजना

काठमाडौं, २७ भाद्र । काठमाडौंस्थित भारतीय राजदूतावासले भैरहवा, बुटबल र भरतपुरमा कन्सुलर क्याम्पको आयोजना गरेको छ । भैरहवामा सेप्टेम्बर ७ र ८, बुटबलमा सेप्टेम्बर ९ र भरतपुरमा सेप्टेम्बर १० तारिखमा क्याम्प आयोजना गरिएको थियो ।

क्याम्पमा तीनवटै शहर वा आसपास बस्ने ६०० भन्दा बढी भारतीय नागरिकहरूलाई दर्ता सेवा प्रदान गरिएको थियो । त्यस क्रममा उनीहरूलाई कन्सुलर सेवासम्बन्धी जानकारी र सुझाव पनि दिइएको थियो ।

ती क्याम्पहरू भैरहवा उद्योग वाणिज्य संघ, बुटबल उद्योग वाणिज्य संघ र भरतपुर मेडिकल कलेजको सहयोगमा आयोजना भएको थियो । साथै भारतीय नागरिक संघ नेपालले पनि क्याम्प आयोजना गर्न भारतीय दूतावासलाई सहयोग गरेको थियो । यसैबीच, दूतावासले आगामी सेप्टेम्बर १६ र १७ तारिखमा यस्तै प्रकारको क्याम्प पोखरामा पनि आयोजना गर्दैछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com