आचारसंहिता विपरीतका प्रचार सामग्री नियन्त्रणमा

जनकपुरधाम, २७ भाद्र । उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ ।

धनुषाका प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीको नेतृत्वमा खटेको अनुगमन टोलीले छापा हानी ठूलो परिमाणमा आचारसंहिता विपरीतका प्रचार सामग्री नियन्त्रणमा लिएको हो ।

जनकपुरको कलबार कुट्टीमा भेस्ट, टोपी लगायतका प्रचार सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको प्रचार सामग्री नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरुको रहेको छ ।

टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेको बेलामा जनकपुरको कलवार कुट्टीमा रहेको अफसेट प्रेसमा प्रहरीले छापा मारेको हो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com