दुर्घटनामा राजपा उम्मेदवारको भतीजाको मृत्यु, माओवादी कार्यकर्ताले घटना गराएको आरोप

राकेश यादव, रौतहट, २७ भाद्र । रौतहट जिल्लाको मौलपुर नगरपालिकास्थित सोनरनिया जाने बाटोमा ट्रेक्टर दुर्घटना हुँदा एकजना नाबालकको मृत्यु भएको छ ।

भैसहीबाट आउँदै गरेको ना ५ त १०९० नम्बरको सोनालिका ट्रेक्टर बाजारदेखि ५ सय मिटेर पश्चिममा दुर्घटना हुँदा सवार भएका स्थानीय वार्ड नंबर ९ निवासी राजेन्द्र पटेलको १५ वर्षीय छोरा बलवीर पटेलको मृत्यु भएको छ ।

मृतक मौलपुर नगरपालिका प्रमुखमा राष्ट्रिय जनता पार्टी नेपालका प्रत्यासी धीरज पटेलका भतीजो रहेका छन् । मृतकका पिताले मतदान गर्नका लागि सपरिवार आफ्नै ट्रेक्टरमा बसेर आउँदै गरेको अवस्थामा दुइ वटा मोटर साइकलमा आएका व्यक्तिमध्ये एक जना गाडीमा चढेर बलजबरदस्ती स्टेरिंग समातेर दुर्घटना गराएको आरोप लगाएका छन् ।

शहरी विकास मन्त्री प्रभु साहका कार्यकर्ताहरुले दुर्घटना गराएको पटेलको दावी रहेको छ । दुर्घटनामा तीन जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मौलपुरको प्रमुख वीरेन्द्र साहले दुर्घटना गराएको पीडितबाट सुनिए पनि यकीन हुन नसकेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रमा रहेका पटेल स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि राजपा नेपालबाट मेयर पदको उम्मेदवार भएका हुन् । पार्टीबाट मन्त्री साहका श्रीमती उम्मीदवार भएकी छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com