माओवादी कार्यकर्ताको आक्रमणबाट बालकको ज्यान गएको राजपाको ठहर

काठमाडौं, २७ भाद्र । राष्ट्रिय जनता पार्र्टी नेपालका रौतहट जिल्लास्थित मौलापुर गाउँपालिकाका प्रमुखका उम्मेदवार रविन्द्र कुमार पटेल (धिरज)का दाई राजेन्द्र पटेल पुरै परिवार सहित चुनावी प्रचार–प्रसारको निम्ति गाउँ आइरहँदा माओवादी केन्द्रका कार्यकर्ताहरुले राजेन्द्र पटेल माथी संघातिक आक्रमण गरी राजेन्द्र पटेलका १५ बर्षिय छोरा बलविर पटेलको हत्या गरेको आरोप राष्ट्रिय जनता पार्टी नेपाल केन्द्रीय कार्यालयले लगाएको छ ।

राजपा नेपालका प्रवक्ता सन्तोष मेहताले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी ‘यस क्रुर घटनाको राजपा नेपालले घोर भत्र्सना गर्दछ । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवाजनमा धैर धारणाको शक्ति प्राप्त होस भन्ने कामना गर्न चाहन्छु ।’ उल्लेख गरेका छन् ।

असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजपा नेपालका कार्यकर्ताहरु माथि दिनदहाडे भएको संघातिक आक्रमण एवं हत्याको पार्टीलाई कुनै पनि शर्तमा सहय नहुने प्रवक्ता मेहताले जनाएका छन् ।

अविलम्ब यस घटनाको न्यायिक छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही एवं पिडितलाई क्षतिपुर्तिका निम्ती राजपा नेपाल सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com