बुद्धभूमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २८ भाद्र । बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ ।

सोमध्ये पुजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ १५ करोड ४१ लाख ८५ हजार वरावरको रकम विनियोजन गरेको छ । नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उक्त बजेट नगर सभामा प्रस्तुत तथा पारित गरेका हुन् ।

साथै नगरपालिकामा नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने जस्ता नीति तथा कार्यक्रम समेत नगरपालिकाले पारित गरेको श्रेष्ठले बताए ।

लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम समेत नगरपालिकाले पारित गरेको छ ।

नगर विकासका लागि अन्य गैरसरकारी तथा निजि क्षेत्रसँग सहकार्य गर्ने र आम जनताको विकास तथा आयस्तरमा सुधार ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जस्ता नीति तथा कार्यक्रम बनाइएको समेत नगर प्रमुख श्रेष्ठले सभामा जानकारी गराए ।

नगर प्रमुख केशव कुमार श्रेष्ठ अध्यक्षता लेखा अधिकृत रामचन्द्र मरासिनी र नगर उपप्रमुख मिरा थारुको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठनदेखि हालसम्म गरेका कार्य तथा आय व्ययको बारेमा कार्यकारी अधिकृत प्रविण पौडेलले प्रगती प्रतिवेदन पेश गरेका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com