शुद्धोधन गाउँपालिकाको बजेट ३९ करोड ४४ लाख

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २८ भाद्र । शुद्धोधन गाउँ पालिकाको प्रथम गाउँ सभा तथा परिषद लवनीमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि ३९ करोड ४४ लाख ५ सय ६६ रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ ।

सो मध्ये पुजिगत तर्फ १८ करोड ५६ लाख ३५ हजार १ सय ७५ रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ ६ करोड १८ लाख ७८ हजार ३ सय ९१ रुपैयाँ वरावरको रकम विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले उक्त बजेट गाउँ सभामा प्रस्तुत तथा पारित गरेका हुन् । साथै गाउँपालिकाको कार्य सम्पादनलार्ई पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास जस्ता नीति तथा कार्यक्रमसमेत पारित गरेको समेत खांले बताए ।

लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम पारित भएका छन् । कार्यालय व्यवस्थापनको जग्गाको छनौट, खुल्ला दिसामुक्त गाउँपालिका घोषणा जस्ता कार्यहरु तय भएको उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन् ।

गाउंपालिकाका अध्यक्ष निसार अहमद खांको अध्यक्षता वडासचिव इश्वरी प्रसाद न्यौपानेको संचालन र वडा अध्यक्ष मनोज यादवको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठन देखि हालसम्म गरेका कार्य तथा आय व्यायको बारेमा कार्यकारी अधिकृत अन्नतपाणी मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com