राजपा नेपालले सर्लाहीबाट खाता खोल्यो

सर्लाही, २८ भाद्र । तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले सदरमुकाम मलंगवाबाट आफ्नो जितको खाता खोलेको छ ।

सदरमुकाम मलंगवा–९ बाट राजपाले खाता खोलेको हो । मलंगवा नगरपालिका वडा नम्वर ९ मा दलित महिला सदस्यमा राजपा नेपालकी सीता देवी मेस्तर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले जनाए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com