कांग्रेस, एमाले र माओवादीले पैसाको खोलो बगाइरहेका छन्

लक्ष्मण लाल कर्ण, सहअध्यक्ष, राजपा नेपाल

एमाले पार्टीको प्रतिष्ठा खसेको देखिन्छ । एमाले पार्टीले उम्मेदवार पनि पाउन सकेको छैन । एमाले पार्टीले एउटा वडा अध्यक्षको लागि पाँच लाख भन्दा बढि खर्च गरेको छ । यहाँ एमाले बाहेकका पार्टीसँग प्रतिस्पर्धा रहेको छ । ठूला पार्टीहरु काँग्रेस, एमाले र माओवादी पार्टीले पैसाको खोलो बगाएको छ । यसले गर्दा खेरी के निर्वाचन जुन प्रकारले स्वच्छ, निश्पक्ष रहनुपर्ने त्यो रहेको अवस्था छैन । वीरगंजमा मात्रै एउटा एउटा पार्टीका उम्मेदवारले करोडौँमा खर्च गरिरहेका छन् । मतदातालाई दिग्भ्रमित पार्ने काम गरिरहेको छ । प्रमुख तीन दलले जुन प्रकारले रुपैयाँ र पैसाले मत खरिद गर्ने प्रयास गरिरहेको छ त्यो एकदमै गलत हो । अन्नततः जनताले आफ्नो सही नेतृत्व चुन्ने छन् जुन कि मेरो पुरा विश्वास छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com