एमालेले मधेशीलाई दोस्रो दर्जाको नागरिक बनायो : गगन थापा

रौटहट, २८ भाद्र । नेपाली काँग्रेसका नेता तथा पूवैमन्त्री गगन थापा नेकपा एमालेले मधेशीलाई दोस्रो दर्जाको नागरिक बनाएको आरोप लगाएका छन् । उनले मधेशबाट कांग्रेसले जित्यो भने एमालेजस्तो मधेशीलाई दोस्रो दर्जाको नागरिक नबनाउने बताए ।

चुनावी अभियानको क्रममा रौतहट पुगेका थापाले यस्तो धारणा राखेका हुन् । नेता थापाले तराई मधेश कांग्रेसको प्राथमिकतामा रहेको बताए । मधेश र मधेशीको आत्मसम्मान काँग्रसको जीवन र संस्कृति रहेको दाबी गरे ।

तेस्रो चरणको स्थानिय चुनाव मात्र हैन अबको प्रदेशको चुनावमा पनि काँग्रेसले प्रदेश नं २ मा पनि सरकार बनाउने उल्लेख गर्दै प्रदेश सरकारबाट लिने सेवा सुविधाबाट लाभान्वित हुन पनि तराई मधेशका मतदाताले आफनो स्थानिय तहमा काँग्रेसलाई जिताउन आग्रह गरे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com