चुनावी प्रचार प्रसारको नाममा दलहरुले अश्लीलता फैलाइरहेका छन्

दिलीप कुमार यादव, बरहथवा नगरपालिका, सर्लाही

बरहथवा नगरपालिकामा माओवादी पार्टी अहिलेसम्म अगाडि देखिएको छ । त्यसपछि राजपा नेपाल पार्टीको पनि राम्रो अवस्था रहेको छ । त्यसपछि काँग्रेस र फोरम नेपालको अवस्था ठिक भन्नुपर्छ । एमालेको अवस्था बरहथवा नगरपालिका कमजोर नै देखिएको छ । एमाले पार्टीको प्रचार प्रसारका लागि पनि गाह्रो भएको छ । त्यस्तै, यो नगरपालिकामा राप्रपा पार्टीका उम्मेदवारहरुले धेरै खर्च गर्ने गरेको देखिएको छ तर विजय हासिल गर्ने सम्भावना एकदमै न्यून रहेको छ । पार्टीको कार्यकर्ताले अश्लिलता पनि मधेशमा त्यतिकै व्यापक रुपमा फैलाएका छन् । सबैले आ आफ्नो कार्यक्रममा केटीहरुको नाच नचाउने पनि गरेको छ । त्यसले गर्दा अहिले तराई मधेशको अवस्था गम्भिर देखिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com