बालविवाहमुक्त क्षेत्र घोषणा

इमरान खान, कपिलवस्तु, २८ भाद्र । कपिलवस्तु जिल्लामा पहिलो पटक ऐतिहासिक कार्य भएको उदाहरणमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिराव परेको छ । पड्ने बेलाको ठाउँमा सानै उमेरमा विवाह गराइदिने भनि गाउँहरुको मानसिकता बनिसकेकोमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावले उक्त मानसिकतालाई तोड्दै कपिलवस्तु जिल्लामा पहिलो पटक मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावमा बालविवाहमुक्त घोषणा भएको छ ।

सभाअध्यक्ष सरफु्दिन मुसलमान, प्रमुख अतिथि सांसद अतहर कमाल, जिल्ला प्रमुख अधिकारीे, जिल्ला शिक्षा अधिकारी, सेभ द चिल्ड्रेनकी गोपिनी शर्मा लगायतका उपस्थितिमा भएको एक समारोहबीच सो मायादेवी गाउँपालिका वार्ड नं २ अभिराव क्षेत्रलाई बालविवाहमुक्त घोषणा गरिएको सहयोगी संस्था लिडो कपिलवस्तुले जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com