उत्साहप्रद निर्वाचनको सन्देश (सम्पादकीय)

तेस्रो तथा अन्तिम चरणको स्थानीय निर्वाचन प्रदेश नं २ का आठ जिल्लामा सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । तेस्रो चरणको यो निर्वाचनले १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि छान्नेछ । यसअघि वैशाख ३१ र असार १४ गते भएको निर्वाचनबाट ६ सय १७ स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेका छन् । ‘मधेश राजनीति’ को केन्द्र मानिने प्रदेश नं २ मा स्थानीय निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनले पनि महत्वपूर्ण खुड्किला पार गर्नेछ । आम मतदाताका लागि भने आफ्नो प्रत्यक्ष सरोकार रहने अधिकारसम्पन्न निकाय सञ्चालन गर्ने प्रतिनिधि छान्ने अवसर भएकाले यो निर्वाचनको विशेष महत्व छ ।
निर्वाचन हुने अन्तिम दिनसम्म पनि एक खालको आशंका थियो । प्रदेश २ मा ‘चुनाव नहुने त होइन ?’ धेरैले चिन्ता गरेका थिए । निर्वाचन सम्पन्न भइसक्दा पनि यति सहज ढंगमा होला र भन्नेहरू अझै छन् । २ असोजमा सम्पन्न निर्वाचनमा सर्वसाधारणको बाक्लो उपस्थितिले मधेशका नागरिक मतदान गर्न कति आतुर रहेछन् पुष्टि भएको छ । निर्वाचनमा सर्वसाधारणको उपस्थिति बाक्लिनुको अर्थ केवल आफ्ना प्रतिनिधिलाई सत्तामा पु¥याउनु मात्रै होइन, उनीहरू आफ्नो ठाउँको विकासप्रति सचेत र आशावादी छन् भन्नेमा प्रमुख राजनीतिक दल सचेत हुनैपर्छ ।
मधेशमा देखिएको यो उत्साहले मधेशका नागरिक विकासप्रति कति आतुर छन् भन्ने पुष्टि मात्रै गरेको छैन । आफ्नो प्रतिनिधिलाई आफैंले चुनेर पठाएपछि आफ्ना समस्या सम्बोधन हुन्छ भन्नेमा मधेशका नागरिक क्रमशः सचेत हुँदै गएका छन् । मुलुकमा संघीय गणतन्त्र लागू भए पनि मधेसमा अझै विभेद रहेको जगजाहेरै छ । मधेशमा विभेद छ भनेर कुनै दल वा समुदायको आलोचना गर्न खोजिएको होइन । मधेसका केही गाउँमा अहिले पनि अन्धविश्वास यति व्याप्त छ ।
निर्वाचन परिणाम आउने क्रम जारी छ । तसर्थ, यही दलले धेरै सिट जित्छ भनेर आजै भन्न सकिन्न । के कुरा प्रस्ट हो भने धेरै सिट जित्ने दलले ‘हामीले त धेरै सिट जित्यौं भनेर मौन बसे भने आगामी अहिलेको ठूला पार्टीका नेताहरूलाई आगामी दिनको राजनीतिक यात्रा उति सहज हुनेछैन । जो निर्वाचनमा विजयी हुन सक्दैनन् ती दलका नेताहरूले पनि आफ्ना एजेन्डालाई जनताका बीचमा राखिरहन जरूरी छ ।
स्थानीय तह पुनःसंरचनापछि यो पहिलो निर्वाचन हो । निर्वाचनपछि छानिने जनप्रतिनिधिले पहिलोपटक कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक भूमिका निर्वाह गर्दै छन् । यसको अर्थ स्थानीय तहले आवश्यक कानुन, नियम बनाउँदै स्रोतसाधन व्यवस्थापन, परिचालन र केही मुद्दा निरूपणको कामसमेत गर्नेछन् । त्यसैले मतदानमा सहभागी हुनु भनेको गाउँरनगरको समृद्धिको ढोका खोल्नु पनि हो ।
प्रकाशित मिति : २०७४ साल असोज ६ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com