राजपाले राम्रो स्थान ल्याउँछ : रानी शर्मा तिवारी

वरिष्ठ उपाध्याक्ष, राष्ट्रिय जनता पार्टी नेपाल


० निर्वाचनको प्रारम्भिक मतपरिणाम आइरहँदा राजपा भन्दा अन्य ठूला दल नै अगाडी आएको देखिन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?
— हो, तपाईले एकदम ठिक भन्नुभयो । तर यर्थाथमा यो नै अन्तिम परिणाम होइन । अहिले म महोत्तरीमा छु र यहाँ राजपा र अन्य दलको कति मत आउँछ भन्ने कुरा मलाई राम्ररी थाहा छ । अहिले मिडियामा आईरहेका मतपरिणाम र हामीले सोचेको मत परिणाममा धेरै अन्तर छ । यसको हामीले मूल्याङ्कन गरिरहेका छौँ । यस्ता वडाहरूको मात्र मतगणना भइरहेको छ, जहाँ अन्य ठूला दलको राम्रो स्थान थियो तर अन्तिम मतपरिणाम आउँदासम्म राजपाले नै राम्रो स्थान हासिल गर्ने हाम्रो आशा रहेको छ ।


० तेस्रो चरणको निर्वाचनमा मतदाताको उल्लासमय उपस्थिति थियो, यसले उनीहरू मतदान गर्न आतुर छन् भन्ने संकेत गर्छ । तर राजपाले यसअघि सम्पन्न भएको दुई चरणको निर्वाचन वहिष्कार गर्दा गलत निर्णय गरेको जस्तो लाग्दैन तपाईंलाई ? 
— मलाई त्यस्तो लाग्दैन । तपाईले नै भन्नुभयो कि तेस्रो चरणको निर्वाचनमा मतदाताको संख्या अन्य दुई चरणको भन्दा बढी थियो । दुई चरणको निर्वाचन भएको प्रदेशहरूमा हामीले चुनावलाई बहिष्कार गरेर बसेका थियौँ । कतिपयले पार्टी छोडेर गएपनि पार्टीभित्र कटिबद्ध भएर बसेका कतिपयले भोट खसाल्नु भएन । त्यसले गर्दा ति प्रदेशहरूमा मतदाताको संख्या कम भयो र यहाँ हामी पनि सहभागि भयौँ र यो संख्यामा पनि बृद्धि भएको हो । चुनावमा जाने भनेको त जुनसुकै पार्टीको पनि लक्ष्य, गन्तव्य हो । यसबाट भाग्न सकिदैन । हामीले चुनावमा जाँदै जाँदैनौ त भनेको थिएनौ । चुनावमा त हामी पनि जान चाहन्थ्यौं तर यथास्थितिमा चाहदैनौँे । चुनावमा हामी जाँदै जाँदैनौ, चुनाव हामीलाई चाहिएको नै छैन भनेका थिएनौं । हरेक पार्टीको लक्ष्य नै चुनाव हो । चुनाव नभई पार्टी पनि स्थापित हुन सक्दैन । चुनावबाटै चुनिएर नै पार्टीमा आउने हो त्यसैले गर्दा पनि चुनाव हुनै पर्छ र हामी चुनाव विरोधि पनि होइनौँ ।


० अहिले जुन अवस्थामा तपाईंहरू निर्वाचनमा सहभागि हुनुभयो त्यस्तो अवस्था पहिले पनि आउन सक्थ्यो या सक्दैनथ्यो ?
— त्यस्तो अवस्था पहिले पनि आउन सक्थ्यो । यो भन्दा राम्रो स्थिति आउन सक्थ्यो तर राज्यपक्षले नै त्यो स्थिति ल्याउन चाहेन । सरकारले चाहेको भए त यो भन्दा राम्रो हुने थियो । अझ भनौं कांग्रेस र माओवादीले संविधान संशोधन विधेयक अगाढी सा¥यो तर उनीहरूको नियत ठीक हुन्थ्यो भने त त्यो सफल हुन्थ्यो नि । संशोधन गरेर नै हामी चुनावमा जान सक्थ्यौँ । अझ बढी उपलब्धी हासिल गर्न सक्थ्यौँ । जुन संविधानमा १० प्रतिशत मात्र विरोधी छ भन्ने कुराहरू आइरहेको थियो भने अहिले ६० प्रतिशत भन्दा माथिले यो संविधान संशोधन गर्नुपर्दछ भन्ने संकेत दिएको छ । संशोधन विधेयकलाई मतदानसम्म ल्याउनु पनि एक प्रकारकोे उपलब्धी हो । तर हामीले अझ राम्रो गर्न सक्थ्यौँ । अहिलेको सरकारले गर्न नसक्ने होइन, गर्न नै नचाहेको हो । मलाई लाग्छ संशोधन हुन नदिनु पनि कहिँ न कहिँ षड्यन्त्र नै छ । मधेशी जनताको मत हासिल गर्नका लागि कांग्रेसले गरेको यो नाटक मात्र हो । सोझा मधेशी जनताको आँखामा छारो हाल्ने काम मात्र भएको छ ।


० संविधान संशोधन नभई निर्वाचनमा नजाने भनेर अडान लिएर बसेको राजपाले पछिल्लो समयमा निर्वाचनमा जाने निर्णय ग¥यो, राजपाको आधार के थियो र निर्वाचनमा जाने निर्णय ग¥यो ?
— मैले यहाँलाई फेरी पनि भन्न चाँहे कि १० प्रतिशत मात्र संविधानको विरोधमा रहेकोमा अहिले ६० प्रतिशत भन्दा माथि हुनु नै हाम्रो उपलब्धी हो । दुई चरणको निर्वाचनमा सहभागि नहुँदा हामीले के अनुभव गरेका थियौँ भने यो राज्यले दमन गरेर होस् या हिंसा गरेर नै भए पनि तेस्रो चरणको चुनाव गराउँछ । जति क्षति राजपाले बेहोरेको छ फेरी पनि त्यस्तो क्षति नहोस् भन्नका लागि र त्यस क्षतिलाई रोक्नका लागि पनि आन्दोलनको रूपमा नै किन नहोस् तर निर्वाचनमा जाने भनेर निर्णय गरेका हौँ ।


० राजपाले संविधानकै धाराअनुसार निर्वाचनमा गएको हो भने के अब राजपाले पनि संविधानलाई स्वीकारेको हो ?
— संविधानलाई पुनर्लेखन गर्नुपर्दछ त हामीले भनेका नै थिएनौँ नि । हाम्रो माग भनेको त संशोधन गर्नुपर्दछ भन्ने हो र त्यो माग आज पनि कायम नै छ । संविधान पुनर्लेखन होइन तर कार्यान्वयन हुँदा यसको यो यो धारालाई संशोधन गर्नुपर्दछ भन्ने माग हो र यो निर्वाचन पनि त्यसै अन्तर्गतको एउटा भाग नै हो । प्रधानमन्त्रीको चुनाव हुँदा पनि राजपा सहभागि भयो । यो चुनाव पनि संविधान कै एउटा धाराअन्तर्गतको चुनाव थियो । त्यस चुनावमा त हामी पहिले नै सहभागि भइसकेका थियौँ ।


० त्यसो हो भने संविधानलाई आशिंक रूपमा स्वीकार गरिसकेपछि संविधान दिवसलाई कालो दिवसको रूपमा किन मनाउनुहुन्छ ?
— हामीले त संशोधन हुनुपर्छ भनेका छौँ । संविधानमा हाम्रो अधिकार सुरक्षित छैन् । हामीले संवैधानिक अधिकार पाएका छैनौं । त्यसकारण संविधान दिवसलाई हामीले कालो दिवसकै रूपमा मनाइरहन्छौ जबसम्म मधेशको अधिकार संवैधानिक रूपले सुनिश्चित हुँदैन् ।


० संविधान संशोधन हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि दुई चरणको निर्वाचन बहिष्कार गर्नुभयो, संविधान संशोधन हुन नदिनेमा एमाले मात्रै दोषी कि कांग्रेस र माओवादी पनि ?
— मैले पहिले नै भनिसकेको छु कि कांग्रेसले मधेशको भोट संकलन गर्न मात्रै यो नाटक गरेको हो । कांग्रेस र माओवादीले पनि संशोधन चाहेको थिएन । यदि कांग्रेसले संशोधन चाहेको भए उसले सम्पूर्ण सांसदहरूलाई उपस्थित गराउन सक्थ्यो होला । तर त्यसो नहुनुलाई नै हामीले बुझ्नु पर्छ कि कांग्रेस पनि संशोधन चाहदैन । यो त देखाउनका लागि मात्र थियो । हामीले संसोधनको प्रस्ताव ल्यायौँ है भन्नका लागि मात्र गरेको हो । यसमा कांग्रेस जति दोषि छ एमाले र माओवादी पनि त्यत्तिकै दोषि छ । यति मात्र फरक छ कि कसैले म राजपाको शत्रु हो भनेर बाहिर नै प्रष्टै देखायो भने कसैले बाहिर देखाउनका लागि मित्र तर भित्रभित्रै शत्रुको व्यवहार गरे ।


० निर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दा कांग्रेस नै अगाडि देखिन्छ भने राजपा लगायतका अन्य मधेसी दल पछि नै छन्, यस्तो परिस्थितिमा राजपाको कस्तो मतपरिणाम आउँला ?
— राजपा लगायत मधेशकेन्द्रित दलहरूको मतपरिणाम राम्रै आउँछ जस्तो लाग्छ । किनभने यो सुरूवाती हो र यसको अन्त्य भएको छैन । अझै धेरै मतहरू गन्न बाँकी छ । यसमा राजपा अगाडी नै जान सक्छ भन्ने मेरो विश्वास छ ।


० आन्दोलनमा जाँदा राजपाले मधेशकेन्द्रित दलहरूसँग सहमति ग¥यो तर निर्वाचनमा जाँदा भने किन सहमति गर्न सकेन ?
— यो कुरामा त म पनि सहमत नै छु । अहिले त सहमति गर्न सकेनौँ तर आगामी चुनावमा हामी सहमती गरेर जानेछौँ । अहिलेको चुनावमा त हामीसँग समय पनि भएन  । उम्मेदवारहरू छानिसकेका थियौँ भने आगामी चुनावमा अवश्य पनि सहमति गरेर अगाडी बढ्न सक्छौँ । आन्दोलनमा त हामी सँगै भयौँ भने चुनावमा पनि सहमति गर्नै नसक्ने भन्ने त्यस्तो वातावरण छैन् ।


० आन्दोलनमा भने सँगै हुने तर निर्वाचनमा सँगै आउन नसक्नुको मुख्य कारण के हो ?
— राजनीतिमा सबैको विचार सबैसँग नमिल्न सक्छ । अझ भन्ने हो भने त हामीसँग समय नै थिएन । यदि पहिले नै निर्वाचनमा जाने भनेर निर्णय गरेको भए संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँग सहकार्य गरेर निर्वाचनमा जान सक्थ्यौँ । यसरी सहमति गरेर गएको भए अवश्य पनि राजपाले धेरै सिटहरू प्राप्त गर्न सक्थ्यो तर राजपाले हतार–हतारमा निर्णय ग¥यो र चुनावमा होमियो । यसले गर्दा निर्वाचनको पूरा तयारी नै हुन पाएन । यति छोटो अवधीमा जनताको माझमा गएर चुनावमा सहभागि हुनु भनेको आफैमा पनि कठिन काम हो । यस्तो अवस्थामा चुनावमा जाँदा पनि हामीलाई जनताले साथ दिएका छन् ।


० प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति सरकारले तोकिसकेको अवस्थामा राजपाले भने कस्तो तयारी गरेको छ ?
— स्थानीय चुनाव तयारीको एउटा सुरूवात नै हो । स्थानीय तहको चुनाव सकिएको अवस्था छ र अब हुने चुनावमा पनि राजपाले तयारी गर्नेछ । कम समयअवधि भित्रै स्थानीय स्तरको चुनावमा सहभागि भयौँ भने अबको चुनावमा राम्रोसँग नै तयारी गरेर राजपाले राम्रो स्थान हासिल गर्नेछ ।


० प्रदेश र प्रतिनिधि सभाको चुनावमा राजपाले अन्य दलसँग सहकार्य गर्ने सम्भावना कति छ ?
— सहकार्यको सम्भावना छ । राजनीतिमा सहकार्य हुनु भनेको स्वभाविक नै हो । यो एउटा सामान्य प्रक्रिया हो ।


० सहकार्यको लागि सम्भावित दलहरू कुन कुन हुन् ?
— कांग्रेस र एमालेसँग हुन्छ त म भन्दिन तर मधेशवादी दलहरूसँग भने हुन सक्छ ।


० राजपाको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी ऐजेण्डा कस्ता हुनेछन् ?
— सबैभन्दा पहिले त हामीले उपस्थिति बढाउनु पर्दछ । उपस्थिति पु¥याउन नसक्दा हाम्रो मागहरू पुरा नहुने अवस्था पुग्यो । हामीले के महशुस ग¥यौं भने जबसम्म हामीले संख्या पु¥याउन सक्दैनौ तबसम्म हाम्रा मागहरू यसरी नै पाखा लाग्दै जानेछन् । पहिले त हामी आफ्नो पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ र धेरै सिट ल्याउन सकिनेछ त्यसमा नै केन्द्रित भएका छौं । जिएको होइन । मधेसका केही गाउँमा अहिले पनि अन्धविश्वास यति व्याप्त छ ।

निर्वाचन परिणाम आउने क्रम जारी छ । तसर्थ, यही दलले धेरै सिट जित्छ भनेर आजै भन्न सकिन्न । के कुरा प्रस्ट हो भने धेरै सिट जित्ने दलले ‘हामीले त धेरै सिट जित्यौं भनेर मौन बसे भने आगामी अहिलेको ठूला पार्टीका नेताहरूलाई आगामी दिनको राजनीतिक यात्रा उति सहज हुनेछैन । जो निर्वाचनमा विजयी हुन सक्दैनन् ती दलका नेताहरूले पनि आफ्ना एजेन्डालाई जनताका बीचमा राखिरहन जरूरी छ ।
स्थानीय तह पुनःसंरचनापछि यो पहिलो निर्वाचन हो । निर्वाचनपछि छानिने जनप्रतिनिधिले पहिलोपटक कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक भूमिका निर्वाह गर्दै छन् । यसको अर्थ स्थानीय तहले आवश्यक कानुन, नियम बनाउँदै स्रोतसाधन व्यवस्थापन, परिचालन र केही मुद्दा निरूपणको कामसमेत गर्नेछन् । त्यसैले मतदानमा सहभागी हुनु भनेको गाउँरनगरको समृद्धिको ढोका खोल्नु पनि हो ।


प्रकाशित मिति : २०७४ साल असोज ६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com